`चन्द्रागिरि नगरपालिका डिजिटल युगमा प्रवेश गर्दै´
- गाउँ सहर संवाददाता
- २० जेठ शुक्रबार, २०७९ | १५:०९:०० मा प्रकाशित

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाले नगरपालिका तथा वडाकाे राजस्व संकलन क्यूआर काेड मार्फत भुक्तानी हुने प्रणालीकाे सुरूवात गरेकाे छ ।
नगर प्रमुख घनश्याम गिरीले शुक्रबार एक कार्यक्रमकाबिच नगरपालिका तथा वडाकाे राजस्व संकलन क्यूआर काेडमार्फत भुक्तानी हुने प्रणाली काे सुरूवात गरेका हुन् ।
यससँगै यहि महिनाभित्र नगरपालिका तथा वडाका राजस्व सम्बन्धि सम्पूर्ण सेवा डिजिटल वालेट, कनेक्ट आई.पि. एस लगायतका अनलाईन सेवा मार्फत सुरू हुने भएकाे छ ।
नगर तथा वडाका सेवाग्राहीलाई एस.एम.एस मार्फत सुसूचित गर्ने कार्य पनि तत्कालै सुरू हुने भएकाे छ ।
कार्यक्रममा बाेल्दै नगर प्रमुख गिरीले नगरपालिकाले निर्माण गरि हस्तान्तरणकाे चरणमा रहेकाे जि.पि.एस/ जि.आई.एस प्रणालीकाे नगर प्राेफाईललाई यस अनलाईन सेवासँग जाेडिने कार्य पनि यथाशीघ्र सम्पन्न हुने र साे पश्चात् नगरवासीले सम्पूर्ण सेवा अनलाईन मार्फत घरमै बसी उपभाेग गर्न सकिने कुरा जानकारी गराए ।
निर्वाचन घाेषणा पत्रमा उल्लेख गरे अनुसार नगरपालिकामा प्रविधि युक्त सुशासन कायम गर्न यस किसिमको अनलाईन सेवाले अहम् भूमिका खेल्ने कुरा पनि नगर प्रमुख गिरीले जानकारी गराए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस