ज्योति विकास बैंकको त्रिशुली कोलोनी विस्तारित काउन्टर उद्घाटन
- गाउँ सहर संवाददाता
- १९ जेठ बिहीबार, २०७९ | १६:३१:०० मा प्रकाशित

काठमाडाैँ । ज्योति विकास बैंकले २०७९ साल, जेठ १९ गते बैंकको नुवाकोटस्थित त्रिशुली शाखा अन्तर्गतको त्रिशुली कोलोनी विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ । बैंकको संजाल थप सुदृढ गर्ने क्रममा बैंकले त्रिशुलीमा विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको हो ।
विदुर नगरपालिका वडा नं. ९, नुवाकोटस्थित त्रिशुली कोलोनी विस्तारित काउन्टरको समुद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए ।
उद्घाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।
विस्तारित काउन्टर उद्घाटनको अवसरमा बैंकले त्रिशुली कोलोनी विस्तारित काउन्टरका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै QR Code, नि:शुल्क डलर कार्ड जारी, नि:शुल्क डिम्याट खाता, नि:शुल्क मेरोसेयर रजिस्ट्रेशन, नि:शुल्क डेबिट कार्ड, नि:शुल्क मोबाईल बैंकिंग सेवा, नि:शुल्क इन्टरनेट बैंकिंग सेवा , सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५% छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ ।
हालसम्म ज्योति विकास बैंकले ११७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ६४ वटा ATM मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस