गाउँ सहर
१९ यात्रु र ३ जना चालक दलसहित उडेकाे थियाे तारा एयरकाे टुविन् अटर 9NAET
- गाउँ सहर संवाददाता
- १५ जेठ आइतबार, २०७९ | १४:०९:०० मा प्रकाशित

काठमाडाैँ । पाेखराबाट ९ः५५ बजे जाेमसाेमकाे लागि उडेकाे तारा एयरकाे टुविन् अटर 9NAET विमान अन्तिम पटक जाेमसाेम टावरसँग १०ः०७ बजे सम्पर्कमा आएकाे र साे पश्चात विमान सम्पर्क विहीन रहेकाे नागरिक उड्डयन प्राधिकरणले बताएकाे छ ।
उसले विमानको अवस्थाको खोजतलासका लागि फिस्टेल एयरको हेलिकप्टर पठाइएको र प्रतिकुल मौसमका कारण हेलिकप्टर पुनः जोमसोम नै फर्किएको बताएको हो ।
खोज तथा उद्धारका लागि थप हेलिकप्टरहरू स्टेण्डवाइ रहेको र मौसममा सुधार आउनसाथ हवाइमार्गबाट खोज कार्य गरिने तथा स्थलमार्गबाट पनि नेपाली सेना र नेपाल प्रहरीसमेत त्यसतर्फ प्रस्थान गरेको प्राधिकरणले बताएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस