चिनीमा आत्मनिर्भर हुने नेपाललाई सुनौलो मौका
- गाउँ सहर संवाददाता
- १३ जेठ शुक्रबार, २०७९ | २२:११:०० मा प्रकाशित

काठमाडाैँ । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सरकारले आपूर्ति सहज गर्नका लागि सरकारीस्तरमा भारतसँग पहल गर्ने विषयबारे छलफल सुरु गरेको अधिकारीहरूले बताएका छन् ।
आन्तरिक बजारमा चिनीको मूल्य बढ्न सक्ने सम्भावना औँल्याउँदै भारतले त्यस्तो निर्णय गरेको विवरणहरू सार्वजनिक भएका छन् । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने जनाए पनि हालसम्म त्यसको प्रभाव नेपालका बजारमा नपरिसकेको अधिकारीहरू बताउँछन् ।
भारतको द इकोनोमिक टाइम्स पत्रिकाका अनुसार बुधवारबाट भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउँदै छ ।
अधिकारीहरूका अनुसार यो वर्ष नेपालमा झन्डै १,२७,००० मेट्रिक टन चिनी उत्पादन भएको छ । नेपालमा मासिक २५ मेट्रिक टनको हाराहारीमा चिनी खपत हुने सरकारी तथ्याङ्क छ । नेपालको आन्तरिक उत्पादनले सातदेखि आठ महिना मात्रै बजार माग थेग्ने गरेकाे छ ।
हाल साल्ट्र ट्रेडिङले कर्पोरेशनले एक किलो चिनी ७९ रुपैयाँमा बेच्ने गरेको र बजार मूल्य भने ९६ रुपैयाँको हाराहारीमा रहेकाे छ ।
चिनी निर्यातलाई लिएर चाडपर्व नजिकिँदाे रहेकाे भन्दै अभाव हुने बताइरहेकाे बेला अब देशमा आत्मनिर्भर हुने बाटाे खुलेकाे कुरा कतै उल्लेख गरिएकाे छैन । याे सुनाैलाे अवसर हुनसक्छ, धेरै वर्ष पछिकाे । क्रमशः आयात घटाउन सकिएमात्र उत्पादनमा ध्यान गई समग्र क्षेत्रकाे उत्पादनमा वृद्धि हुने अवसरमा अब हामी चुक्नु हुन्न । किनकी थप चार महिना थेग्ने उत्पादन हामी गर्न नसक्ने हाेइन र असम्भव छैन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस