मुक्तिनाथका ग्राहकहरुलाई होलिस्टीक वेलनेस रिट्रिटमा विशेष छुट
- गाउँ सहर संवाददाता
- १३ जेठ शुक्रबार, २०७९ | १२:१७:०० मा प्रकाशित

काठमाडाैँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन बूढानीलकण्ठ स्थित मेराकी होलिस्टीक वेलनेस रिट्रिटसँग विभिन्न सेवाहरुमा विशेष १५ प्रतिशत सम्म छुट प्रदान गर्ने गरी एक कार्यक्रम बीच सम्झौता गरेको छ ।
काठमाडौँ जिल्लाको बूढानीलकण्ठमा निकै शान्त र प्राकृतिक सौन्दर्यको बीचमा रहेको मेराकी होलिस्टीक वेलनेस रिट्रिटले स्पा सम्बन्धी विभिन्न थेरेपी पनि प्रदान गर्दै आएको छ ।
उक्त कार्यक्रममा बैंकका तर्फबाट, संस्थागत मामिला विभाग बसन्त बक्शी र अन्य कर्मचारीहरुको उपस्थिति तथा मेराकी होलिस्टीक वेलनेस रिट्रिट को तर्फबाट रेसिडेन्ट म्यानेजर अरुण कुमार झा र अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बूढानीलकण्ठमा रहेकोे मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विभिन्न सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस