यस्तो छ काठमाडाैंका मेयर बालेनको विजय र्याली रूट
- गाउँ सहर संवाददाता
- १३ जेठ शुक्रबार, २०७९ | ०७:०५:०० मा प्रकाशित
काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) शाह निर्वाचित भए्का छन्। बिहीबार सकिएको मतगणना परिणामअनुसार शाह ६१ हजार ७६७ मतसहित मेयरमा निर्वाचित भएका हुन् ।
निर्वाचित बालेनले शुक्रबार धन्यवाद सभा गर्दैछन् ।
शुक्रबार बिहान टुँडीखेलमा बालेनको धन्यवाद सभा हुने उनका समर्थक तथा कलाकार अर्जुन घिमिरेले जानकारी दिए । त्यसअघि अहिले केहीबेरमा बालेनका समर्थकहरू प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह क्षेत्रमा भेला हुनेछन् ।
शुक्रबार बिहान साढे ६ बजे सभागृहबाट प्रारम्भ भएको बालेनकाे र्याली भद्रकाली, त्रिपुरेश्वर, माइतीघर सर्भिस ट्र्याक दक्षिण हुँदै बबरमहल, बिजुलीबजार, युएन पार्क कोरिडोर, शान्तिनगर, तीनकुने, कोटेश्वोर, जडिबुटी, पेप्सीकोलाबाट फिर्ता हुनेछ ।
त्यस्तै कोटेश्वोर, तीनकुने, सिनामङ्गल, एयरपोर्ट, तीलगंंगा, गौशाला, चावाहिल, महारजगञ्ज, सामाखुशी, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, सितापाइला, कलंकी, बल्खु, कुलेश्वर, कालिमाटी, टेकु, त्रिपुरेश्वोर, सुन्धारा हुँदै खुल्लामञ्चमा पुगेर उक्त र्याली धन्यबाद सभामा परिणत हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस