‘एमालेमा अन्तर्घात भयो’ — एमाले अध्यक्ष ओली
- गाउँ सहर संवाददाता
- ११ जेठ बुधबार, २०७९ | १७:०३:०० मा प्रकाशित

काठमाडाैँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा पराजयको प्रमुख कारण अन्तर्घात भएको बताएका छन् । एमाले संसदीय दलको बैठकमा बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटकको चुनावमा अन्य दलमा नभई एमालेभित्र अन्तर्घात भएको बताएका हुन् ।
उनले यसपटककाे चुनावमा कांग्रेस, माओवादी र माधवकुमार नेपालको पार्टीबाट नभएर भित्रैबाट अन्तर्घात भएकाे बताए । उनले भने, "यो कहाँबाट सिके यस्तो यस विषयमा बृहत्रुपमा समीक्षा गरिनुपर्छ ।"
वैशाख ३० गते भएको स्थानीय तहको चुनावी परिणाम सार्वजनिक भएपछि अध्यक्ष ओलीले पहिलो पटक प्रतिक्रिया दिएका हुन् । ओलीले सत्ता गठबन्धनले सत्ता दुरुपयोग गरेर पनि चुनावी परिणामलाई आफ्नो पक्षमा पारेको आरोप लगाए ।
यसअघि पनि एमालेले निर्वाचन मतपरिणाममाथि नकारात्मक टिप्पणी गरेकाे थियाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस