विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका को-अर्डिनेटर पक्राउ
- गाउँ सहर संवाददाता
- १० जेठ मंगलबार, २०७९ | १४:०९:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जनार्दन अधिकारी रहेका छन् । उनी कलेजका को-अर्डिनेटर हुन् ।
विद्यालयका कोअर्डिनेटर जनार्दन अधिकारीले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्सका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले काठमाडौंको गौशाला प्रहरी वृत्तअगाडि प्रदर्शन गरेका हुन्।
पीडित विद्यार्थीले अभिभावकलाई भनेपछि मंगलबार घटना बाहिरिएको हो ।
शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् ।
एक विद्यार्थीका अनुसार ती शिक्षकले एक महिनादेखि नै यौन दुर्व्यवहार गर्दै आएका थिए ।
यस विषयमा पटक–पटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा कुनै सुनुवाइ नभएपछि बाध्य भएर प्रदर्शन गर्नुपरेको विद्यार्थीहरूको भनाइ छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस