हावाहुरीमा परी तीन जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ७ जेठ शनिबार, २०७९ | ०७:०३:०० मा प्रकाशित

काठमाडाैं । शुक्रबार साँझ आएको हावाहुरीमा परी चितवनमा तीन जनाको मृत्यु भएको छ । यता राजधानीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार दस वटाभन्दा बढी आन्तरिक उडान अवरुद्ध भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार चितवन महानगरपालिकाको वडा नं. ११, भोजाडमा अटोरिक्सा च्यापिँदा चालक प्रदीप लामा र एक महिलाको मृत्यु भएको छ । बसेनीमा म्याजिक भ्यान च्याँपिदा लोकनाथ न्यौपानेको मृत्यु भएको छ । हावाहुरीका कारण नारायणी पुलमा ट्रक पल्टिँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
हावाहुरीका कारण रुख ढल्दा चितवनमा बिजुलीका पोलहरू पनि ढलेका छन् । यसले गर्दा बिजुली सेवा अवरुद्ध भएको छ । यसैगरी चितवनको पहिलो एफएम रेडियो स्टेसन सिनर्जी एफएमको टावर ढल्दा प्रसारण अवरुद्ध भएको छ । केही दिनयता मुलुकभर हावाहुरी चल्ने, आकाश गर्जने, चट्याङ पर्नेलगायतका घटना हुँदा मानवीय र भौतिक क्षति हुने गरेको छ । चितवनका धेरै सडकमा बिजुलीका पोलहरू ढल्दा आवागमन पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस