कांग्रेसले ५२, एमाले ४७, माओवादी केन्द्र २७, एकीकृत समाजवादी २, अन्य दलले ४ स्थानमा जिते अध्यक्ष/प्रमुख
- गाउँ सहर संवाददाता
- २ जेठ सोमबार, २०७९ | १४:२४:०० मा प्रकाशित

काठमाडौँ । मतगणना सुरु भएका विभिन्न स्थानमा शिर्ष पदमा अहिले नेपाली कांग्रेस अगाडि देखिएको छ ।
अहिलेसम्म कांग्रेसले ५२ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने २४८ स्थानमा अग्रता लिएकाे छ । यस्तै एमालेले ४७ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने १४२ स्थानमा अग्रता लिएकाे छ । माओवादी केन्द्रले २७ स्थानमा जितेकाे र ९१ स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले २ स्थानमा जितेकाे र १८ स्थानमा अग्रता लिइरहेकाे छ ।
यसरी नै अन्य दलले ४ स्थानमा विजय हासील गरेकाे छ भने २३ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले २९ स्थानमा र लाेसपाले १२ स्थानमा अग्रता लिएका छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले ५७ ठाउँमा जीत र २१२ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले ४१ ठाउँमा जीत र १६९ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले २० स्थानमा जीत र १०९ स्थानमा अग्रता लिइरहेकाे छ । एकीकृत समाजवादीले ६ स्थानमा जीत र १७ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा २ स्थानमा जीत र २७ स्थानमा अग्रतामा छ । अन्यले ४ जीत र १६ स्थानमा अग्रता लिएकाे छ । उता लाेसपाले ९ स्थानमा अग्रता मात्रै लिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस