काठमाडौँमा वालेन्द्र कै अग्रता, भरतपुरमा रेनु, अरु महानगरको अवस्था के छ ?
- गाउँ सहर संवाददाता
- १ जेठ आइतबार, २०७९ | १५:१६:०० मा प्रकाशित

काठमाडौँ । स्थानीय निर्वाचनअन्तर्गत बहुचर्चित काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) कै अग्रता कायम छ । उनले अहिलेसम्ममा ३ हजार ११० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दिहरु झण्डै आधा कममा छन् ।
यसैगरी पोखरामा एकीकृत समाजवादीका धनराज आचार्यले लिड गरेका छन् । उनले १ हजार १२१ मत ल्याउँदा निकटतम प्रतिद्वन्दि एमालेका कृष्णबहादुर थापले १ हजार ४० मत प्राप्त गरेका छन् ।
भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल अगाडि छन् । उनले १ हजार ८६७ मत ल्याउँदा एमालेका विजय सुवेदीले १ हजार ८१४ ल्याएका छन् ।
यस्तै ललितपुर महानगरको प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जनले ८७७ मत ल्याउँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत ल्याएका छन् ।
यस्तै वीरगन्ज महानगरमा जसपाका राजेशमान सिंहले १ हजार ८१० मत ल्याउँदा एमालेका विजयकुमार सरावगीले ७४७ मत ल्याएका छन् ।
उता विराटनगरमा कांग्रेसका नागेशले लिड गरेका छन् । नागेश कोइरालाले २ हजार ७३९ मत ल्याउँदा एमालेका सागरकुमार थापाले १ हजार ९९० मत ल्याएका छन् ।
अहिलेसम्म २८ स्थानीय तहको मतपरिणाम आइसकेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस