गाउँ सहर

दाेलखामा पनि झडप, पुनः मतदान सुरु गर्ने तयारी

दाेलखा । दोलखाको वैत्येश्वर गाउँपालिका-३ स्थित कालीढुंगा मावि मतदान केन्द्रमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको छ । प्रहरीले १ राउन्ड हवाई फायर गरेको छ । अहिले नेपाली सेनाले अवस्था नियन्त्रणमा लिएर पुनः मतदान सुरु गर्ने तयारी थालिएको छ । वैत्येश्वर गाउँपालिकाका वडा नम्बर १ र २ मा पनि अवस्था तनावपूर्ण छ ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत