सुँगुरको मुटु प्रत्यारोपण गर्ने बिरामीको मृत्युको रहस्य यस्ताे रहेछ
- गाउँ सहर संवाददाता
- २५ बैशाख आइतबार, २०७९ | २०:५६:०० मा प्रकाशित

यसै वर्षको जनवरीमा अमेरिकाका डाक्टरहरूले ५७ वर्षीय डेभिड बेनेटको शरीरमा आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मुटु प्रत्यारोपण गरेर ऐतिहासिक उपलब्धि हासिल गरेका थिए । तर, दुई महिनापछि उनको मृत्यु भयो । अहिले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का अनुसन्धानकर्ताहरूले उनको मृत्युको कारण भनेका छन् । सुँगुरको मुटुमा पोर्साइन भाइरस रहेको उनीहरुको भनाइ छ, जसका कारण बेनेटको मृत्यु भएको आशंका गरिएको छ ।
भाइरस सुँगुरको मुटुमा लुकेको थियो
शल्यक्रिया गर्ने एक डाक्टर मोहम्मद मोहिउद्दीनले जनवरी ७ मा प्रत्यारोपण गर्दा बेनेटको अवस्था निकै कमजोर भएको बताए । यस्तो अवस्थामा पिग साइटोमेगालोभाइरस (पोर्साइन) नामको यो भाइरसले बेनेटको मृत्यु भएको हुनसक्छ ।
चिकित्सकहरुका अनुसार प्रत्यारोपणपछि बेनेट निको हुँदै गएको थियो र एकदिन अचानक उनको स्वास्थ्य बिग्रियो । त्यसपछि उनलाई विभिन्न किसिमका औषधि खुवाइएको थियो । उपचारको क्रममा उनको मुटु फुल्यो, पानीले भरियो र त्यसपछि उनको मृत्यु भयो ।
रिपोर्टका अनुसार बेनेटको शरीरमा सुँगुरको मुटु ठीकसँग धड्किरहेको बेला त्यसमा कोषहरू जम्मा भइरहेका कारण मुटुले पूर्ण रूपमा आराम गर्न सकेन । एक परीक्षणमा मुटुमा पोर्साइन भाइरस पनि भेटिएको थियो, जसका कारण मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ । यद्यपि यो भाइरसले संक्रमण फैलाएको हो वा होइन भन्ने अझै टुंगो लागेको छैन ।
सुँगुरको मुटु किन प्रत्याराेपण ?
मेरील्याण्डमा बस्ने बेनेट लामो समयदेखि मुटुको समस्याबाट ग्रसित थिए । समस्या बढ्दै गएपछि अन्तिम विकल्पका रूपमा सुँगुरको मुटु प्रत्यारोपण गर्ने योजना बनाइएको थियो । जब बेनेटलाई यसबारे बताइयो, उनले भने कि मसँग दुईवटा मात्र विकल्प छन्- मृत्यु वा प्रत्यारोपण। यो अँध्यारोमा तीर हाने जस्तै हो, तर म बाँच्न चाहन्छु ।
सुँगुरको मुटु मात्र किन ?
अंग प्रत्यारोपण रिपोर्टहरूले सुझाव दियो कि सुंगुरको मुटु मानिसमा प्रत्यारोपणको लागि उपयुक्त थियो, तर सुँगुरको कोशिकाहरूमा अल्फा-गल सुगर सेल हुन्छ । मानव शरीरले यो कोशिकालाई स्वीकार गर्दैन, जसका कारण बिरामीको मृत्यु पनि हुन सक्छ । यस समस्यालाई हटाउन पहिले सुँगुरलाई आनुवंशिक रूपमा परिमार्जन गरिएको थियो ।
एजेन्सीकाे सहयाेगमा गाउँ सहर डटकम ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
प्रतिकृया दिनुहोस