युनिभर्सिटी एड्मिसन नेटवर्कसको आयोजनामा युएएन एजुकेशन फेयर सम्पन्न
- गाउँ सहर संवाददाता
- २४ बैशाख शनिबार, २०७९ | १७:३१:०० मा प्रकाशित

काठमाडाैँ । युनिभर्सिटी एड्मिसन नेटवर्कसले अष्ट्रेलिया र क्यानडाका शैक्षिक संस्थाका प्रतिनिधिहरूलाई आफ्नै कार्यालयमा राखी युएएन एजुकेशन फेयरको आयोजना गरेको छ ।
उक्त शैक्षिक मेलामा अष्ट्रेलिया र क्यानडाका युनिभर्सिटी, कलेज र इन्स्टिच्युटहरूलाई प्रतिनिधित्व गर्दै एघार वटा शैक्षिक संस्थाले विद्यार्थीहरूलाई प्रत्यक्ष रुपमै परामर्श प्रदान गरेका हुन् । विषेशतः आएल्स्, पिटीइ लगायतका टेस्ट प्रिपेसन गरिरहेका विद्यार्थीहरूलाई मध्यनजर गर्दै युनिभर्सिटी एड्मिसन नेटवर्कसले यो युएएन एजुकेशन फेयरको आयोजना गरेको कन्ट्री मेनेजर शुभाष अधिकारीले जानकारी गराए ।
विद्यार्थीहरूको बाक्लो उपस्थित रहेको उक्त फेयरमा उनीहरूका नितान्त व्यक्तिगत जिज्ञासाहरू मेटाउन पाउँदा फेयर सफल भएको ग्लोबल स्टडी पाट्नरका बिजिनेस डेभलपमेन्ट मेनेजर अशोक शाहीले जानकारी गराए ।
शैक्षिक मेलामा अस्ट्रेलियाको र्यान्सफोड कलेज, आरजीआइटी, किङ्सफोर्ड इन्टरनेसनल इष्टीच्यूट, सिड्नी मेट्रोपोलीटन ग्रुप, अस्ट्रेलियन टेक्नीकल कलेज बेस्टन अस्ट्रेलिया, क्राउन इष्टीच्यूट अफ हायर एजुकेशन, एप्लाइ बोर्ड लगायतका शैक्षिक संस्थाले विद्यार्थीहरूलाई परामर्श प्रदान गरेका हुन् ।
युनिभर्सिटी एड्मिसनस् नेटवर्कसको अठार ग्लोबल अफिस दश राष्ट्रमा रहेको छ । युनिभर्सिटी एड्मिसनस् नेटवर्कसले पुतलीसडकमा अबस्थित रहेर नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श र अष्ट्रेलिया, क्यानडा, युके, युयसए न्युजल्याण्ड लगायतका राष्ट्रहरूका उत्कृष्ट विश्वविद्यालय, कलेज र इन्स्टिच्युटहरू संग प्रत्यक्ष सम्बन्ध स्थापना गरी विद्यार्थीहरूलाई भर्नाका लागि सहयोग गर्दै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस