अर्थतन्त्र

बुधबारका लागि सुनचाँदीकाे मूल्य कति छ ?

काठमाडाैं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन र प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदीको आज पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्यमा प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएकाे छ ।

गाउँ सहर संवाददाता