स्वास्थ्य

काेराेना अपडेट : १५ जनामा संक्रमण, १८ जना घर फर्किए

काठमाडाैं । मुलुकमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् । 

बिहीबार १८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् ।

गत चौबीस घन्टामा ४ हजार ८८२ पीसीआर तथा ९ सय ९३ एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता