गगन थापाको जवाफ- ओलीकाे मन कालो भएकाले अरुलाई अनावश्यक आरोप लगाउनु सामान्य
- गाउँ सहर संवाददाता
- १४ बैशाख बुधबार, २०७९ | १५:२०:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीकाे मन कालो भएकाले उनले अरुलाई अनावश्यक आरोप लगाउनु सामान्य भएको बताएका छन् ।
आफ्नो पार्टीको घोषणापत्रमाथि कठोर टिप्पणी गरेका ओलीलाई थापाले जवाफ फर्काएका हुन् ।
बुधबार पार्टीको सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले भने, “जसको मुखमा अंगार छ उसले ओकल्ने कालो नै हो,” उनले भने, “केपी ओलीले ककसलाई पागल भन्नुहुन्छ ? केही पहिला सुशीला कार्की र गोविन्द केसीलाई पागल भन्नुभयो । अहिले हामीलाई । उहाँको झुटलाई च्यालेन्ज गर्नेलाई गाली गर्ने नै पागल भनेर हो उहाँले ।”
ओलीले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा काँग्रेसको सङ्कल्प पत्रलाई बकवास र पागलहरूको प्रलाप भनेर टिप्पणी गरेका थिए ।
उनले बढी सनकमा जाँदा शरीरलाई असर पर्ने भन्दै त्यसो नगर्न आग्रह गरे ।
उनले बढी सनकमा जाँदा शरीरलाई असर पर्ने भन्दै त्यसो नगर्न आग्रह गरे ।
थापाले ओलीले कांग्रेसको घोषणापत्र विषयवस्तुमा चुनौती दिन नसकेको तर आफ्नो आलोचना देखेपछि आक्रोशित भएको बताए ।
ओलीले कांग्रेसले आफ्नो समृद्ध नेपाल सुखी नेपालीको नारा चोरेको आरोप लगाएको भन्दै थापाले ओलीले भनेको समृद्धि र कांग्रेसले भनेको समुन्नतिमा धेरै भिन्नता रहेको बताए । ‘अलिकति भ्याएको बेला बालकोट गएर ट्युसन पढाउँछु ।समृद्धिको आइडिया चोरेर लगिदेला भनेर अनिदो नबस्नु ससमृद्धि तपाईंकै आइडिया हो’ उनले भने ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
प्रतिकृया दिनुहोस