राजनीति
सत्ता गठबन्धन बैठककाे निर्णय : एमालेसँग भएका तालमेल खारेज गर्ने
- गाउँ सहर संवाददाता
- १४ बैशाख बुधबार, २०७९ | १३:५४:०० मा प्रकाशित

काठमाडाैं । सत्ता गठबन्धनले स्थानीयस्तरमा एमालेसँग भएका चुनावी तालमेल खारेज गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले गठबन्धन बाहेकका दलसँग भएका तालमेल खारेज गर्ने निर्णय गरेको हो ।
याे भन्दाअघि गठबन्धनमा भएको निर्णयविपरीत विभिन्न स्थानीय तहमा एमालेसँग काँग्रेस, माओवादी लगायतका पार्टीले तालमेल गरेको समाचार सार्वजनिक भएका थिए ।
गठबन्धनको बैठकपछि जारी विज्ञप्तीको सातौँ बुँदामा भनिएको छ, ‘गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अबिलम्ब खारेज गर्ने ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस