टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो, त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन् : डा. काेइराला
- गाउँ सहर संवाददाता
- १४ बैशाख बुधबार, २०७९ | १२:४६:०० मा प्रकाशित

काठमाडाैं । कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा अनियमितता हुँदा इमान्दार कार्यकर्ता पीडामा परेको बताएका छन् । उनले आफूसँग असहमत भएकै कारण कैयनको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएको भन्दै दुःख व्यक्त गरेका छन् ।
आज प्रेस विज्ञप्ति जारी गर्दै कोइरालाले भनेका छन्, ‘टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुराहरु यतिखेर सार्वजनिक भइरहेका छन् र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन् ।’
‘….सबैभन्दा दुःखको कुरा त आफूसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन्,’ डा. कोइरालाको विज्ञप्तिमा लेखिएको छ, ‘कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन् ।’
काेइरालाले पार्टीभित्र भइरहेका यस्ता क्रियाकलापबाट निराश नहुने तर गलत कार्यहरु तत्काल रोकिनुपर्नेमा जोड दिएका छन् । गलत क्रियाकलापका कारण कांग्रेस नेता–कार्यकर्ताहरु स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य भएको भन्दै कोइारालाले त्यस्ता साथीहरुलाई कांग्रेसको मूल प्रवाहमा फर्किन आग्रह पनि गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस