सरकारले १० प्रकारका सामग्रीहरू स्वदेश भित्र्याउन लगायाे रोक
- गाउँ सहर संवाददाता
- १४ बैशाख बुधबार, २०७९ | ०९:१५:०० मा प्रकाशित

काठमाडौं । सरकारले १० प्रकारका सामग्रीहरू स्वदेश भित्र्याउने रोक लगाएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न सामग्रीमा राेक लगाएकाे हाे । उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि सरकारले आयातमा कडाइ गरेको हाे ।
असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएका सामान निम्नअनुसार छन्–
१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
२. सबै प्रकारका तयारी मदिरा
३. चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ)
४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)
५. मोबाइल सेट
६. रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका)
७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)
८. २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल
९. सबै प्रकारका खेलौनाहरु
१०. खेल्ने तास
मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ । यसैगरी वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू हुने छैन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस