राजनीति
उमेद्वारविरुद्ध परेको उजुरीमाथि आज र भोलि छानबिन
- गाउँ सहर संवाददाता
- १४ बैशाख बुधबार, २०७९ | ०७:००:०० मा प्रकाशित

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत आज र भोलि निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्नेछ ।
आयोगले हिजो उमेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो । हिजो बेलुका ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय ताकिएको थियो ।
भोलि (१५ गते) साँझ ६ बजे मनोनयन भएको उमेदवारको नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।
त्यस्तै, आयोगको तालिका अनुसार १६ गते साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिनेछ । सोही दिन साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ ।
१७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस