काठमाडाैं । ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यू भएको छ । धनुषामा ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यू भएको हाे । मंगलबार क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित सिन्धुली टोलमा ट्रकमा मोटरसाइकल ठोक्किँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी १९ वर्षिय सुमित टिण्डेवालसहित तीन जना रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार सडक छेउमा रोकिराखेको ना. २ ख ८६२४ नम्बरको ट्रकमा लु. ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । उनीहरुको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ । मृतक दुई जनाको नाम खुल्न बाँकी छ ।
प्रहरी ट्रक चालक हरिनारायण राउतलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस