नासु थाप विरूद्ध २ करोड बिगोसहित विशेष अदालतमा आरोपपत्र दायर
- गाउँ सहर संवाददाता
- १३ बैशाख मंगलबार, २०७९ | ०७:५६:०० मा प्रकाशित

काठमाडौं । भन्सार जाँचपास परिक्षण कार्यालय, तिनकुने काठमडौँका नायब सुब्बा (नासु) पदमा कार्यरत (हाल निलम्बन) देवीबहादुर थापाले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
थापामाथि उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा थापा मिति २०५६ साउन ५ गते विचारी पदमा सेवा प्रवेशदेखि २०७५–०७६ सम्मको जाँच अवधिमा निजले र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमले आफु, बाबु, आमा र श्रीमतीको नाममा घरजग्गा खरिद गर्नुका साथै कम्पनी तथा फर्महरु दर्ता गरी परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको उल्लेख गरेको छ ।
साथै थापाले परिवारका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनीहरुका संस्थापक एवं साधारण शेयरहरु खरिद लगानी लगायतका चलअचल सम्पत्तिहरु खरिद, विभिन्न उद्योग तथा फर्महरुमा लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा एवं घर निर्माण लगायतका शिर्षकहरुमा तीन करोड ८९ लाख ४५ हजार पाँचसय ८८ रुसिपयाँ खर्च गरेको देखिएको छ ।
निजको वैध आय दुई करोड एक लाख ९८ हजार चार सय ३९ रुपियाँ भएको र एक करोड ८७ लाख ४७ हजार एक सय ४९ रुपियाँ बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको अख्तियारले ठहर गरेको छ । अख्तियारले निज थापाले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा १० बमोजिमको कसुर गरेको हुँदा निजलाई बिगो बराबरको बमोजिमको जरिवाना र कैद सजाय हुन माग दाबी पनि गरेको छ ।
साथै, अख्तियारले निज थापाले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी बाबु कृष्णबहादुर थापा, आमा चन्द्र माया र श्रीमती विमसा राउतको नाममा राखेको स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनको लागि कानुन बमोजिम निजहरुलाई समेत प्रतिवादी कायम गरी निजहरुको नाममा रहेको सम्पत्ति जफत हुने मागदावी गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस