अर्थतन्त्र

ताेलामा चार सयले घट्याे सुनकाे मूल्य, चाँदी स्थिर

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । चाँदीको मूल्य स्थिर छ । गएको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । 

महासंघका अनुसार आज आइतबारका लागि छापावाल सुनको मूल्य तोलाको एक लाख ५०० रुपैयाँ कायम गरेको छ । गएको शुक्रबार तोलाको एक लाख ९०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको भाउ पनि तोलामा ४०० सयले घटेर तोलाको एक लाख रुपैयाँ कायम भएको छ ।

आज चाँदीको भाउ भने तोलाको १३ सय ६० रुपैयाँमा स्थिर रहेको महासंघले बताएकाे छ ।

गाउँ सहर संवाददाता