‘एक पालिका एक वातावरणविद्’ काे अवधारणा माग
- गाउँ सहर संवाददाता
- ७ बैशाख बुधबार, २०७९ | १७:४०:०० मा प्रकाशित

काठमाडाैँ । राजधानीको स्कुल अफ इन्भारोन्मेन्टल साइन्स एन्ड म्यानेजमेन्ट (स्किम्स) मा आयोजित कार्यक्रममा वातावरणविदहरूले ‘एक पालिका एक वातावरणविद्’ काे अवधारणा माग गरेका छन् ।
नेपालको वातावरणीय समस्याहरू मूलधारमा आउन नसकेको, वातावरणीय शिक्षा अझ विशिष्टीकृत गर्नुपर्ने भन्दै उनीहरूले साे माग गरेका हुन् ।
स्किम्स आल्मुनी एसोसिसएसनका अध्यक्षसमेत रहेका वातावरणविद् पुरुषोत्तम महतले भने, 'हाम्रोमा वातावरणीय समस्या र मुद्दाहरूलाई हल्का रुपमा लिइयो । विकास र वातावरणलाईसंगै लान अबिलम्ब एक पालिका एक वातावरणविदकाे अवधारणामा जानुपर्दछ । वातावरणीय शिक्षालाई पनि त्यति महत्त्व दिइएको छैन । अब वातावरण विश्वविद्यालय जरुरी भइसक्यो ।' कृषि र वन विश्वविद्यालयले गरेअनुसारकै वातावरण विश्वविद्यालय खोल्न सकिने उनले बताए ।
यस्तै, वातावरण क्षेत्रमा विकृति बढेको भन्दै 'वातावरण काउन्सिल' को आवश्यकता रहेको विदहरुले औंल्याएका छन् ।
कार्यक्रममा बागमती प्रदेशका सांसद राजेन्द्र गुरुङले संवेदनशील क्षेत्र भए पनि वातावरणलाई बेवास्ता गरिएको बताए । 'वातावरणलाई राज्यले पनि पर्याप्त ध्यान दिएको छैन । ' प्रदेशको उद्योग, वन तथा वातावरण समितिको सदस्यसमेत रहेका सांसद गुरुङले भने, 'वातावरणका लागि भनेर पनि सरकारले बजेट सीमित गरेको छ । वातावरण समितिलाई पनि त्यति महत्त्व दिइएको छैन ।' उनले पनि वातावरणीय समस्या र मुद्दाहरुलाई सम्बोधन गर्न सरकारले कदम चाल्नुपर्ने बताए ।
त्यस्तै कलेजका प्राचार्य अजय भक्त माथेमाले हाल देखापरेका वातावरणीय मुद्दाहरुप्रति समयमै सजक गराउन वातावरणविदहरुले संगठित भई काम गर्नु पर्ने बताएका थिए ।
कार्यक्रममा स्किम्स आल्मुनीले अग्रज वातावरणविदहरु तथा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस