गाउँ सहर

गभर्नर अधिकारीले भने, ‘सर्वोच्चले राष्ट्र बैंकको स्वायत्तता बचाइदियाे’

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीलाई तत्काल कुनै पनि कारवाही नगर्न सर्वोच्चले सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै उनले सर्वोच्चले राष्ट्र बैंकको स्वायत्तता बचाइदिएको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्चको आदेशपछि गाउँ सहर डटकमसँग कुरा गर्दै गभर्नर अधिकारीले भने, ‘सर्वोच्चले राष्ट्र बैंकको स्वायत्तता बचाइदियाे ।’

मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई १२ दिनअघि निलम्बन गरेको थियो ।

गाउँ सहर संवाददाता