अमेरिकी सिनेटरको टोली नेपाल आउँदै
- गाउँ सहर संवाददाता
- ६ बैशाख मंगलबार, २०७९ | १३:५९:०० मा प्रकाशित

काठमाडाैं । चार जना अमेरिकी सिनेटरको टोली नेपाल आउने भएको छ। डेमोक्र्याटिक पार्टीका सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की नेपाल आउन लागेका हुन् । उनीहरूसँगै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स पनि नेपाल आउँदै छन् । उनीहरू अमेरिकाबाट नेपालकै लागि भने आउने छैनन् । नेपालसँगै उनीहरू पोल्यान्ड, युएई, भारत र जर्मनीको ९ दिने भ्रमणमा निस्कन लागेको बताइएको छ ।
रूसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनका पक्षमा समर्थन जुटाउन उनीहरू भ्रमणमा निस्किन लागेका हुन् । भारत र युएईले अहिलेसम्म युक्रेनमाथि भएको रूसी आक्रमणको विरोध गरेका छैनन् ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अमेरिकी सिनेटरको टोली आउन लागेको बताएकी छन् । लम्सालले भनिन् ‘उहाँहरू ९ गते आएर ११ गते फर्किने कार्यक्रम छ ।'
नेपालले युक्रेनमाथि रूसी आक्रमणको विरोध गरेको छ । यसबारे राष्ट्रसंघमा भएका सबै मतदानमा नेपाल युक्रेनको पक्षमा उभिएको छ । रूसलाई मानव अधिकार परिषद्को सदस्यबाट निलम्बन गर्न भएको मतदानमा भने नेपाल तटस्थ बसेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस