गठबन्धन बनेपछि ओली आत्तिएका छन्, उनले बोल्दा सन्तुलन समेत गुमाउन थालेको देखिँदै छ : पौडेल
- गाउँ सहर संवाददाता
- ६ बैशाख मंगलबार, २०७९ | १३:०६:०० मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी गठबन्धन बनेको देखेर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आत्तिएर थरथरी कापेको बताएका छन् ।
मंगलबार काठमाडौमा नेपाल विद्यार्थी संघको वार्षिकोत्सवलाई सम्बोधन गर्दै नेता पौडेलले अहिले नेपालको राजनीति असजिलो मोडबाट गुज्रिरहेको बताएका हुन् । कार्यक्रममा नेता पौडेलले आत्तिएर ओलीको अभिव्यक्ति पनि सन्तुलित हुन छोडेको बताए ।
“अहिलेको गठबन्धन संविधान र व्यवस्था नै सिध्याउन खोज्ने ओलीको अधिनायकवादका विरुद्धमा हो । यो खाली शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि मात्र बनेको गठबन्धन होइन । त्यसैले तपाईंहरूले गठबन्धनको भावनालाई आत्मसात् गर्नुहोस्,” पौडेलले भने, “गठबन्धन बनेपछि ओली आत्तिएका छन् । उनी थुरुरु भएका छन् । त्यसैले उनले बोल्दा सन्तुलन समेत गुमाउन थालेको देखिँदै छ ।”
उनले लोकतन्त्रको लडाई बाँकी नै रहेकाले सवै सजग भएर लोकतन्त्र उल्ट्याउने षड्यन्त्रहरुविरुद्ध सतर्क हुनुपर्ने पनि बताए । ‘गठबन्धन सत्ताका लागि होइन व्यवस्थाका लागि हो । शेरबहादुरलाई प्रम बनाउन होइन नेपालको परिवर्तन र अग्रगामी बाटोमा रुपान्तरण गर्न हो’, पौडेलले भने ।
गठबन्धनको शक्तिबाट अत्तालिएर केपी ओली भ्रष्ट, प्रतिगामी र अवसरवादीको शरणमा पुगेको पनि पौडेलले बताए । ‘यहि हप्तामा हेर्नुस् उनले कस्ता कस्ता तत्त्वसँग एयालइन्स गरे ? ’, पौडेलको भने ‘राजनीतिक स्थायित्वका लागि हामी सवै एकजुट हुन जरुरी छ ।’
पौडेलले सरकार सञ्चालनको साटो अधिनायक बन्ने आकांक्षा देखाएर संविधान र लोकतन्त्रलाई धरापमा पारेर ओलीले नै गठबन्धन बनाइदिएको तर्क समेत गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस