६६ करोड ८० लाखको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन युवा पक्राउ
- गाउँ सहर संवाददाता
- ५ बैशाख सोमबार, २०७९ | १९:३८:०० मा प्रकाशित

काठमाडौं । नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा काठमाडौंबाट तीनजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको महाबौद्ध, न्युरोड र कलंकीबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापा विर्तामोड घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय अनुप मिश्र, काभ्रे घर भइ क्षेत्रपाटी बस्ने दिपेश थापा र बाफलका राहुल चचान छन् ।
उनीहरूले ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँ बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको देखिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ परेकामाथि बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अनुसार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको छ ।
उनीहरूले दैनिक पाँच हजार देखि ५० हजार सम्म यूएसडीटी को कारोबार गर्ने गरेको खुलेको छ ।
अवैध भएकाले क्रिप्टोको कारोबार गर्ने व्यक्तिहरूले आफ्नो पहिचान गोप्य राखी अन्य सयौँ जना व्यक्तिहरू प्रयोग गरी तिनका नाममा बैंक खाता र बाइनान्स खाता खोल्न लगाई निश्चित रकमको कमिसन प्रलोभन देखाई क्रिप्टो ट्रेड गर्न प्रोत्साहित गर्दै प्रयोग गरेको देखिएको प्रहरीले जनाएको छ ।
साथै व्यापरिक प्रयोजनका सामाग्रीहरू विदेशबाट आयात गर्दासमेत अनलाइनमार्फत क्रिप्टोकै रूपमा पेमेन्ट गर्न प्रयोग गर्ने गरेको खुलेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस