शेयर बजारमा दाेहाेराे अंककाे गिरावट, काराेबार रकममा भने झिनो सुधार
- गाउँ सहर संवाददाता
- ५ बैशाख सोमबार, २०७९ | १५:३२:०० मा प्रकाशित

काठमाडाैं । शेयर बजार साताको कारोबारको दोस्रो दिन सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से ४१.७७ अंकले घटेर दुई हजार ३ सय ४३ दशमलब ८७ विन्दुमा रोकिएको हो । आइतबार नेप्से २९.६० अंकले घटेर दुई हजार ३ सय ८५ दशमलब ६४ विन्दुमा बन्द भएको थियो ।
आज कारोबार रकममा भने झिनो सुधार देखिएको छ । आज नेप्सेमा एक अर्ब ५३ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार एक अर्ब ४० करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका ११ कम्पनीको शेयरमूल्य बढेको छ भने १८२ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७३७.७० रुपैयाँ पुगेको नेप्सेले जनाएकाे छ ।
नेप्सेका अनुसार आज एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ८.३३ प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यस कम्पनीको आज ४ करोड ९६ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस