लागुऔषधसहित तीन जना पक्राउ
- गाउँ सहर संवाददाता
- ३ बैशाख शनिबार, २०७९ | २०:५५:०० मा प्रकाशित

झापा । लागुऔषध सहित पक्राउ परेका तीन जनामाथि अनुसन्धान शुरू भइरहेकाे छ ।
मेचिनगर नगरपालिकाकाे वडा नं. ६ मेचीखोला पुरानो पुलस्थितमा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका तीन जना पक्राउ गरि अनुसन्धान थालिएकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डिएसपी) तथा सूचना अधिकारी/प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।
पक्राउ पर्नेमा दमक नगरपालिका-५ बस्ने वर्ष २२ का राजेश गुरुङलाई शंका लागी चेकजाँच गर्ने क्रममा लागूऔषध डाईजापाम ६ एम्पुल,फेनारगन ६ एम्पुल र लुपिजेसिक ६ एम्पुल गरी जम्मा १८ एम्पुलसहित फेला परेको थियाे
त्यसैगरि सोही स्थानमा भारतबाट नेपालतर्फ आउँदै गरेका मे ५ प ५६५ नम्बरको स्कुटरमा सवार वडा नं-२ बस्ने वर्ष २६ का अमृत राई र ईलाम साविक चुलाचुली गाविस वडा नं.८ घर भई हाल दमक नगरपालिका -२ बस्ने वर्ष २२ का सन्तोस ढकालको साथबाट लागूऔषध व्राउनसुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक ६ ग्राम सहित पक्राउ गरि अनुसन्धान भइरहेकाे डिएसपी पाठकले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस