देशभर ४४ जना काेराेना संक्रमित निको, थप ९ जनामा संक्रमण पुष्टि
- गाउँ सहर संवाददाता
- ३ बैशाख शनिबार, २०७९ | १६:५९:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप नौजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा चार हजार ४३ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा नौजनाको नतिजा पोजिटिभ आएको हो । एक हजार ९८६ नमुनाको पीसीआर परीक्षण गर्दा ६ र दुई हजार ५७ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा तीनजनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको छ । केही दिनयता कोरोनाका कारण मृत्यु हुनेको संख्या थपिएको छैन ।
पछिल्लो २४ घण्टामा देशभर ४४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६६ हजार ३०३ पुगेको छ ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४०० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस