राजनीति

हप्तामा दुई दिन बिदा दिने बारे सरकारबाट निर्णय भइसकेकाे छैन : सञ्चारमन्त्री कार्की

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव छलफलको विषय भएको बताएका छन् । शुक्रबार पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले बिदा दिनेबारे सरकारबाट निर्णय भइनसकेको जनाएका छन् ।

“दुई दिन बिदा दिने कुराको निर्णय भएको भए म सुनाइहाल्थेँ । यो छलफल र बहसको विषय छ,” उनले भने । इन्धन खपत कम गर्न आइतबार पनि सार्वजनिक बिदा दिनुपर्ने अर्थमन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्मा पेश भइसकेकाे छ ।

गाउँ सहर संवाददाता