वर्ष बदलिँदा हर्ष पनि बढ्नुपर्छ : पूर्वराजा ज्ञानेन्द्र शाह
- गाउँ सहर संवाददाता
- ३० चैत बुधबार, २०७८ | १९:४२:०० मा प्रकाशित

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्ष बदलिँदा हर्ष पनि बढ्नु पर्ने बताएका छन् ।
नयाँ वर्ष २०७९ को अवसरमा एक सन्देश जारी गर्दै पूर्वराजा शाहले भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि हुनुपर्ने उल्लेख गर्दै चर्को नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नसकेको बताएका छन् ।
नेपाल त्रिपक्षीय महाशक्तिहरुबीचको शिखर आभूषणको रुपमा रहेपनि आफ्नै भू-बनोट सामाजिक संरचना इतिहास, मूल्य मान्यता तथा परम्पराले गौरवान्वित रहेको शाहले उल्लेख गरेका छन् ।
शुभकामना सन्देश दिँदै उनले छिमेक नीतिका कारण मुलुकको अस्मितामा असर पर्न सक्ने भन्दै त्यसतर्फ चनाखो हुनुपर्नेमा पनि जाेड दिएका छन् ।
‘छिमेकी मित्र राष्ट्रहरुप्रति हामीले अवलम्बन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित गर्दैन मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर हामी सदैव चनाखो हुनुपर्छ’ उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।
नेपाल कोहीसँग टाँसिएर कसैप्रति दूरभाव राख्ने मार्गमा लाग्यो कि भन्ने चिन्ता बढेको भन्दै पूर्वराजा शाहले त्यो आफैंमा आत्महीनताको विषय भएको बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस