‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निःशुल्क बिजुलीको’ भन्दै माओवादीले कुलमानकाे फाेटाे प्रयाेग गरेपछि...
- गाउँ सहर संवाददाता
- ३० चैत बुधबार, २०७८ | १२:२७:०० मा प्रकाशित

काठमाडाैं । बुधबार बिहानै नेकपा (माओवादी केन्द्र)ले चुनावी चुनावी प्रचार सामग्रीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटोसहितकाे प्रचार सामाग्री सामाजिक संजालमा प्रकाशित गरेपछि धेरैका ध्यानाकर्षण भयाे ।
पार्टीको प्रचार गर्न प्रकाशित एउटा पोस्टरमा घिसिङको तस्बिर समेत समावेश गरिएको छ । पोस्टरमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य जनार्दन शर्मासँगै घिसिङको तस्बिर प्रयोग गरिएको थियाे ।
तीनजनाको तस्बिरसहितको पोस्टरमा लेखिएको छ, ‘अँध्यारोबाट उज्यालोको यात्रा’ ।
उक्त पोस्टर प्रचण्डलगायत नेताको आधिकारिक फेसबुक पेजमा सेयर गरिएको छ । प्रचण्डको फेसबुकमा पोस्टर सेयर गर्दै लेखिएको छ, ‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निःशुल्क बिजुलीको’ ।
प्रचार सामग्रीमा प्रयोग भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो हटाएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा राखेको प्रचार सामग्रीमा कुलमानको पनि फोटो प्रयोग भएको थियो ।
कुलमानको फोटो प्रयोग भएकोमा आलोचना भएपछि प्रचण्डले आफ्नो सामाजिक सञ्जालमा राखेको प्रचार सामग्री हटाएका छन् ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि चुनावी प्रचार सामग्रीमा प्रयोग भएको आफ्नो फोटो हटाउन माओवादीलाई आग्रह गरेका थिए ।
तर अहिले त्यो पोष्ट हटाइएको छ र त्यसमा प्रचण्डको मात्र तस्वीर अंकित सामग्री राखिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस