अचिभर्स अवार्ड २०७८ सम्पन्न
- गाउँ सहर संवाददाता
- ३० चैत बुधबार, २०७८ | ०७:३६:०० मा प्रकाशित

काठमाडाैं । काठमाडौंमा आज मंगलबार आयोजित एक कार्यक्रमकाबीच सिल्भर क्राउनले समाजका विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई अचिभर्स अवार्ड २०७८ ले सम्मान गरेको छ ।
कार्यक्रममा अचिभर्स अवार्ड २०७८ बाट गोल्डेनगेट ईन्टरनेशनल कलेज तथा हिसानका अध्यक्ष शिक्षाविद् रमेश सिलवाल, ब्यबसायी प्रज्वल जङ पाण्डे, गायक शिव परियार, सहारा बिजनेस ग्रुपका अध्यक्ष तथा युवा ब्यबसायी सुदर्शन राज शर्मा सम्मानित भए ।
कार्यक्रमका प्रमुख अतिथि नबिल बैंकका अध्यक्ष बैंकर उपेन्द्र पौडेलले समाज परिवर्तनको लागि यस्ता कार्यक्रम हरुले सबै ब्यक्तित्वहरुलाई प्रेरणा मिल्ने र यस्ता कार्यक्रमहरुको आयोजना हुँदा सकारात्मक प्रभाव पर्ने बताएका छन् । उनले समाजका बिभिन्न बिधाका सफल ब्यक्तिहरुलाई अझ निरन्तर आफ्नो क्षेत्रबाट देश बिकासमा लाग्नु महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा गायक तथा समाज सेवी निर्णय श्रेष्ठले सम्मानित ब्यक्तित्वहरुलाई शुभकामना दिदै युवाहरुले सम्मानित ब्यक्तित्वहरुको जिवनीबाट धेरै कुरा सिक्नुपर्ने बताए ।
सिल्भर क्राउनकी अध्यक्ष अनुजा आचार्यले युवाहरुको लागि उत्प्रेरक कार्यक्रमहरु गर्ने योजनाका साथ सिल्भर क्राउनको स्थापना गरिएको र निकट भबिष्यमै मिस एन्ड मिसेस कर्पोरेट नेपाल तथा मिस एसईई ईन्टरनेशनलको आयोजना गर्न लागेको जानकारी गराइन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस