एक पदमा उम्मेदवारी दिँदा महिला नै हुनुपर्ने निर्देशन आयोगद्वारा खारेज
- गाउँ सहर संवाददाता
- २९ चैत मंगलबार, २०७८ | १५:३२:०० मा प्रकाशित

काठमाडाैं । स्थानीय तहको आगामी निर्वाचनमा राजनीतिक दलले एउटा मात्रै पदमा उम्मेदवारी दिँदा महिला नै हुनुपर्ने प्रावधानलाई निर्वाचन आयोगले संशोधन गरेको छ ।
आयोगले राजनीतिक दलहरुका लागि पठाएको निर्देशनको बुँदा नम्बर ६ मा त्यस किसिमको व्यवस्था गरिएको थियो । भनिएको थियो- ‘स्थानीय तहको प्रमुख र उप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्ने ।’
आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै सो व्यवस्था सच्याएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ- निर्वाचन आयोगले मिति २०७८ चैत २२ गते राजनीतिक दलहरुलाई निर्वाचन व्यवस्थापनलाई लैंगिक तथा समावेशीमैत्री बनाउने सम्बन्धमा दिएको निर्देशनको बुँदा नम्बर ६ मा 'स्थानीय तहको प्रमुख र उप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार मनोनयनमा प्राथमिकता दिने' हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।'
निर्वाचनमा गठबन्धन गर्ने दलहरुले एक पदमा मात्रै उम्मेदवारी दिने र पुरुषलाई नै उम्मेदवार बनाउने सम्भावना बढी हुने भएकाले महिलालाई उम्मेदवार बनाउनुपर्ने आयोगको निर्देशनले महिला उम्मेदवारको संख्या बढ्ने आकलन गरिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस