आजपनि घट्याे नेप्से, काराेबार डेढ अर्बमा झर्याे
- गाउँ सहर संवाददाता
- २९ चैत मंगलबार, २०७८ | १५:५०:०० मा प्रकाशित

काठमाडाैं । साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज मंगलबार नेप्से परिसूचक ३४.७८ अंक घटेर २४३८५.०२ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ५.५२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक घटेको छ ।
मुलुकको अर्थतन्त्रमा सुधार नदेखिएपछि शेयर बजारमा गिरावट आएको हो ।
पछिल्लाे दुई दिनमा नेप्से सूचक करिब ८० अंकले घटेको छ । सोमबार ४४.६४ अंकले घटेको थियाे ।
सोमबार २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएपनि यस दिन नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार २३७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता शेयर किनबेच भएर १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
मंगलबार नेप्से सूचक ओरालो लागेपनि नेष्डो लघुवित्त वित्तीय संस्थोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन नेष्डो समृद्ध लघुवित्त शेयरमूल्य १० प्रतिशतले बढ्दा इमर्जिङ्ग नेपालको शेयरमूल्य भने सर्वाधिक ६.५९ प्रतिशतले घटेको छ ।
यस्तै न्यादी हाइड्रोपावर, घलेम्दी हाइड्रो, राष्ट्र उत्थान लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि ५ प्रतिशत भन्दा धेरै घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन नविल बैंकको पनि ४ करोड ३४ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस