मेलम्चीकाे पानी सुरुङमा छाडियाे, काठमाडाैंबासीकाे धारामा वैशाखदेखि
- गाउँ सहर संवाददाता
- २९ चैत मंगलबार, २०७८ | १४:५९:०० मा प्रकाशित

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन समाधानको प्रयासमा सरकार लागेको बताएका छन् । मेलम्चीको पानी सुरुङ्मा पठाएपछि सम्बाेधन गर्ने क्रममा उनले साे कुरा बताएका हुन् ।
चौधरीले मंगलबार १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरे । गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो ।
स्व. कृष्णप्रसाद भट्टराईले देखेको सपना आफ्नो कार्यकालमा सम्पन्न गर्न पाएकोमा गौरव लागेको उनले बताए ।
‘केही व्यक्तिहरुले वैशाखमा यो सरकारले मेलम्चीको पानी उपत्यकामा ल्याउन सक्दैन भनेर प्रचार गरेका थिए तर हामीले समयमै आयोजना पुनः सञ्चालन गरेर यसको जवाफ दिएका छौँ,’ मन्त्री चौधरीले भने ‘स्व. कृष्ण प्रसाद भट्टराईले देखेको सपना आफ्नो कार्यकालमा पुरा गर्न पाएकोमा गौरव लागेको छ ।’
गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । गत वैशाखमा मेलम्चीको १७ करोड लिटर पानी राजधानीमा वितरण गरिएको थियो ।
बाढीबाट क्षतिग्रस्त समुदायको पुनःस्थापनाका लागि सरकारले योजना बनाएको पनि मन्त्री चौधरीले बताए । सुरुङमा पठाएको पानी सुन्दरी जलमा रहेको प्रशोधन केन्द्रमा प्रशोधित गरेपछि वैशाखको पहिलो साताबाट उपत्यकामा वितरण गर्ने मेलम्ची खानेपानी विकास समितिको तयारी छ ।
समितिका सिनियर डिभिजन इन्जिनियर पदमहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाएकाे जानकारी दिए । केही काम बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाइएकाे हाे।
सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी छोडिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए ।
गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति गरेकाे थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस