स्माटच्वाईस टेक्नोलोजिज र स्माटकार्ड नेपालवीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सम्बन्धी सम्झौता
- गाउँ सहर संवाददाता
- २९ चैत मंगलबार, २०७८ | १४:२७:०० मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र स्माटकार्ड नेपाल (MyPay Wallet)बीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।
काठमाडौंमा सोमबार आयोजित विशेष कार्यक्रमकावीच स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र स्माटकार्ड नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले स्मार्ट क्यूआर सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पश्चात माई पे वालेट प्रयोगकर्ताले माई पे वालेट मार्फत स्मार्ट क्यूआर मर्चेन्टह रूलाई भुक्क्तानी गर्न सक्छन् भने माई पे मार्फत बिभिन्न व्यापार- व्यवसायमा आवद्व व्यबसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिनलाई क्यूआरको सुविधा लिन सक्ने छन् ।
इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीच माफर्त कारोवारको भुक्क्तानी तथा फस्र्याैट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।
बिगत २० वर्षदेखि बिभिन्न भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र एन.आइ सी एसियावीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकाशमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस