चुनावी तालमेलका लागि सत्ता गठबन्धनको बैठक बस्दै
- गाउँ सहर संवाददाता
- २९ चैत मंगलबार, २०७८ | ०७:४८:०० मा प्रकाशित

काठमाडौं । सत्ता गठबन्धन दलहरूको बैठक आज पनि बस्ने भएको छ । स्थानीय निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा छलफल गर्न बैठक साँझ ४ बजे बस्ने भएकाे हाे ।
सत्तागठबन्धनले आज तालमेलको मोडालिटी टुंग्याउने बताइएकाे छ ।
हिजो सोमबार गठबन्धनमा आवद्ध पाँच दलका शीर्षस्थ नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै एमालेविरुद्ध एक हुन अपिल गरेपछि आज तालमेलको खाकाबारे निर्णय गर्न बैठक बस्न लागेको हो ।
गठबन्धनले तालमेलको खाका बनाउन चुनावी संयन्त्रसमेत बनाएको छ । तल्लो तहको सिफारिसको आधारमा जिल्ला, प्रदेश र केन्द्रको समितिले उम्मेदवार टुंग्याउने बताइएको छ । यद्यपि, कतिपय स्थानीय तह, जिल्लामा गबठन्धन हुन नहुने आवाज पनि उठिरहेको छ ।
बैठकमा स्थानीय निर्वाचनलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने र गठबन्धन समर्थित उमेदवारहरुलाई कसरी विजय गराउने भन्नेबारेमा छलफल केन्द्रित हुने बताइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस