स्वास्थ्य

पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमणमुक्त, थप ४ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्।

आइतबार ४८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ५९२ जना सक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा १ हजार ८००  पीसीआर तथा ९४०  एन्टिजेन परीक्षण भएको छ।

गाउँ सहर संवाददाता