गाउँ सहर

ब्राउनसुगरसहित ६ जना पक्राउ

काठमाडाैं । प्रहरीले ब्राउनसुगरसहित ६ जनालाइ पक्राउ गरेकाे छ ।  सुर्खेतबाट ब्राउनसुगरसहित ६ जनालाइ पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ । 

प्रहरीले बराहताल गाउँपालिका–२ बस्ने २३ वर्षीय लक्ष्मण दर्लामी मगरसहति ६ जनालाई वीरेन्द्रनगर नगरपालिका–१० कुन्टीटोलकाबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले ३६० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । अस्थायी प्रहरी पोस्ट लाटिकोइली र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएकाे छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ । 

गाउँ सहर संवाददाता