अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीले गभर्नर हटाउने सर्वथा गलत निर्णय लिएको एमालेकाे आरोप (पूर्णपाठसहित)
- गाउँ सहर संवाददाता
- २७ चैत आइतबार, २०७८ | १५:०२:०० मा प्रकाशित

काठमाडाैं । नेकपा एमालेले अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीले गभर्नर हटाउने सर्वथा गलत निर्णय लिएको आरोप लगाएको छ । माओवादी केन्द्रका प्रभावशाली नेतासमेत रहेका अर्थमन्त्री जर्नादन शर्मालाई एमालेका तीन पूर्व अर्थमन्त्रीले संयुक्त रुपमा वक्तव्य नै दिएर अराजक अर्थमन्त्रीको आरोप लगाएको हो ।
वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ–समूहको व्यवसायिक स्वार्थ पूरा गर्न नपाएको, अर्थतन्त्र समाल्न नसकेको र अर्थमन्त्री फेर्नु पर्छ भन्ने चर्चा सत्ता गठबन्धनभित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दबाबमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारबाही गरिएकोमा कुनै शंका नरहेको भन्दै एमालेका पूर्व अर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे, विष्णु पौडेल र डा. युवराज खतिवडाले अर्थतन्त्रबारे एमालेको दृष्टिकोण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा अघिल्लो सरकारबाट नियुक्त भएकै कारण व्यावसायिक रुपमा दक्ष र इमानदार राष्ट्र सेवकहरु यो सरकारका कोपभाजन भएका दर्जनौं घटनाहरु रहेको समेत आरोप लगाएका छन् ।
गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलवाड गरिरहेको आरोप पनि एमालेको छ । यसो गरेर गठबन्धनले आर्थिक स्थायित्व, विकास र सुशासनविरोधी आफ्नो सक्कली रुप देखाएको एमालेले बताएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस