स्वास्थ्य

२८ सय १९ जनामा पीसीआर परीक्षण गर्दा सात जनामा सङ्क्रमण पुष्टि, २५ जना निकाे

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएकाे छ । २८ सय १९ जनाको पीसीआर परीक्षण गर्दा सात जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयका अनुसार १८ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमित पुष्टि भएकाे छ । साथै पछिल्लो २४ घण्टामा थप २५ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

बितेकाे २४ घण्टामा मृत्यु शून्य रहेको छ भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ जना रहको छ । २४ घण्टामा ५० हजार ९३ जनाले खोप लगाएकाे मन्त्रालयले बताएकाे छ । 

गाउँ सहर संवाददाता