दाेहाेराे अंकले सुधारियाे शेयर बजार, २ अर्बमाथिकाे काराेबार
- गाउँ सहर संवाददाता
- २४ चैत बिहीबार, २०७८ | १५:१४:०० मा प्रकाशित

काठमाडाैं । शेयर बजार साताको कारोबारको अन्तिम दिन बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से ३५.६६ अंकले बढेर दुई हजार ४ सय ६४ दशमलब ३१ विन्दुमा पुगेको नेप्सेले जनाएकाे छ । हिजाे नेप्से २३.३२ अंकले घटेर दुई हजार ४ सय २८ दशमलब ७५ विन्दुमा बन्द भएको थियो ।
आज कारोबार रकममा पनि सामान्य सुधार भएको छ । आज २ अर्ब १२ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार एक अर्ब ९९ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १७४ कम्पनीको शेयरमूल्य बढेको छ भने १८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा भने १० प्रतिशतले वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १७०० रुपैयाँ पुगेको नेप्सेले जानकारि दिएकाे छ ।
नेप्सेका अनुसार आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज ७.७१ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यस कम्पनीको आज ७ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस