पाँच तोला सुनको सिक्री चाेरीकाे अभियाेगमा एक जना पक्राउ
- गाउँ सहर संवाददाता
- २३ चैत बुधबार, २०७८ | १२:२०:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले पाँच तोला सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा एक जनालाइ पक्राउ गरेकाे छ । काठमाडौं महानगरपालिका २७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको पाँच तोला सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं लाजिम्पाट बस्ने सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको जानकारी दिएकाे छ ।
उक्त स्थानमा सुनको सिक्री लुटपाट भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपालिका - २ उत्तरगेटबाट उक्त सुनको सिक्री सहित फेला पारी पक्राउ गरेको हो ।
उनी उपर चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस