सिलवालकाे रिट खारेज भएसँगै टंकलाल घिसिङले पाए सदस्य सचिवमा निरन्तरता
- गाउँ सहर संवाददाता
- २३ चैत बुधबार, २०७८ | ०६:३२:०० मा प्रकाशित
काठमाडौं । सर्वोच्च अदालतले बर्खास्तीमा परेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालको रिट खारेज गरेको छ ।
राखेपको सदस्य सचिवको नयाँ नियुक्त र बर्खास्ती सम्बन्धि परेको रिटको सुनुवाई गर्दै न्यायाधिश अनिल कुमार सिन्हा र कुमार रेग्मीको इजलाशले रिट खारेज गरेको हो ।
रिट खारेज भएसँगै टंक लाल घिसिङले सदस्य सचिवमा निरन्तरता पाएका छन् ।
सरकारले कार्यसम्पादन गर्न नसकेको आरोपसहित राखेपका तत्कालिन सदस्य सचिव सिलवाललाई पदमुक्त गरेको थियो।
सरकारले सिलवाललाई गत कात्तिक १ गते बर्खास्त गरेको थियो ।
यस्तै गत मंसिर १३ गते टंकलाल घिसिङलाई नयाँ सदस्य सचिव नियुक्त गरेको थियो ।
तर, सिलवालले मन्त्री परिषद्को निर्णयविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए । त्यसपछि सर्वोच्चले सिलवालले दायर गरेको रिटमा पछिल्लो नियुक्ति कार्यान्वयन नगर्नु भन्दै अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस