गाउँ सहर

कांग्रेसका सबै संरचनालाई प्रचार प्रसारमा संलग्न गराउन यस्ताे निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि पार्टीका सबै तहका कार्यसमिति र भ्रातृ संस्थाहरूलाई समेत प्रचार प्रसार समिति गठन गर्न निर्देशन दिएको छ ।

मंगलबार स्थानीय तह निर्वाचनका लागि गठित केन्द्रीय प्रचार प्रसार समितिका संयोजक एवं प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा बसेको समितिको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि प्रचार प्रसारलाई तीव्रता दिन निर्देशन गरेको हो ।

बैठकले पार्टीको संरचना अन्तर्गत प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका र वडा तथा टोल इकाइ समितिमा अबिलम्ब प्रचार प्रसार समिति गठन गर्न भनेको छ ।

त्यस्तै, सबै भ्रातृ तथा शुभेच्छुक संस्थाहरुले पनि आफ्ना केन्द्रदेखि तलसम्म सबै तहका संरचनामा प्रचार प्रसार समिति गठन गर्न निर्देशन दिएका छन् ।

संयोजक महतले समितिको सदस्यमा केन्द्रीय सदस्य सुजाता परियार र त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी संघलाई मनोनयन गरेका छन् ।

मंगलबारको बैठकले विभिन्न उपसमितिहरू गठन गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रचार प्रसार सल्लाहकार समितिको संयोजकमा हरिहर विरही, अनलाइन मिडिया समन्वय तथा प्रचारप्रसार समितिको संयोजकमा विष्णु निष्ठुरी, छापा माध्यम समन्वय तथा प्रचारप्रसार समितिको संयोजकमा किरण पोखरेल, टेलिभिजन समन्वय तथा प्रचार प्रसार समितिको संयोजकमा अनिता बिन्दु र रेडियो, एफएम समन्वय तथा प्रचार प्रसार समितिको संयोजकमा गोपाल झा मनोनित भएका छन् ।

त्यस्तै, केन्द्रीय युवा प्रचार प्रसार नेटवर्क, केन्द्रीय प्रचार प्रसार अनुगमन समिति, प्रवास प्रचार प्रसार समिति र सांस्कृतिक समन्वय प्रचार प्रसार समिति समेत गठन भएका छन् ।

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको निर्णय
नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार—प्रसार समितिको बैठक आज मिति २०७८ चैत्र २२ गते समितिका संयोजक डा. प्रकाश शरण महतको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बि।पी। स्मृति भवन, सानेपामा बस्यो । बैठकले निम्नानुसार निर्णय गरेको छ :

१)  नेपाली कांग्रेस सबै तह र भातृ तथा शुभेच्छुक संस्थाहरुलाई निर्देशन
बैठकले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा  देशभरका सबै स्थानीय तहमा नेपाली कांग्रेसका प्रतिनिधिहरुलाई अत्यधिक बहुमतले विजयी बनाउन पार्टीका सबै संरचनालाई प्रचार प्रसारमा संलग्न गराउन निम्न निर्देशन दिने निर्णय गरेको छ ।

(क) पार्टीको संरचना अन्तरगत प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका र वडा तथा टोल इकाई समितिमा अबिलम्ब स्थानीय निर्वाचन प्रचार प्रसार समिति गठन गर्ने ।

(ख) सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्थाहरुले पनि आफ्ना केन्द्रदेखि तलसम्म सबै तहका संरचनामा बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन प्रचार प्रसार समिति गठन गर्ने ।

(ग) प्रचार प्रसार समितिले केन्द्रीय प्रचार प्रसार समितिले प्रेषित गरेका सूचना र स्थानीय तहमा विकास गरिएका सूचना र प्रचार सामग्रीहरुलाई पार्टीका सबै संयन्त्र, सदस्य र शुभचिन्तकहरुमार्फत सबै मतदातासमक्ष पु¥याउने व्यवस्था गर्ने ।

(घ) प्रचार प्रसारको कार्य विवादरहित र प्रभावकारी हुने ढंगले सञ्चालन गर्ने ।

२) प्रचार प्रसार समिति अन्तरगत विभिन्न समितिको गठन 
समितिको बैठकले समितिलाई आवश्यक परामर्श दिन वरिष्ठ पत्रकारहरु सम्मिलित एक सल्लाहकार समूह गठन गर्नुका साथै निर्वाचनमा सञ्चार माध्यमसंग समन्वय गर्नका लागि विभिन्न उपसमिति गठन गर्न संयोजक तोकेको छ ।

(क) प्रचार प्रसार सल्लाहकार समिति: संयोजक— हरिहर विरही
(ख)अनलाईन मिडिया समन्वय तथा प्रचारप्रसार समिति: संयोजक— विष्णु निष्ठुरी
(ग) छापा माध्यम समन्वय तथा प्रचारप्रसार समिति: संयोजक— किरण पोखरेल
(घ) टेलिभिजन समन्वय तथा प्रचार प्रसार समिति: संयोजक— अनिता बिन्दु 
(ड) रेडियो, एफएम समन्वय तथा प्रचार प्रसार समितिः संयोजक— गोपाल झा

साथै, केन्द्रीय युवा प्रचार प्रसार नेटवर्क, केन्द्रीय प्रचार प्रसार अनुगमन समिति, प्रवास प्रचार प्रसार समिति र सांस्कृतिक समन्वय प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरियो ।

 कृष्णप्रसाद पौडेल
 मुख्य सचिव

गाउँ सहर संवाददाता

तपाईँको मत