भन्सार एजेन्टको परीक्षा मिति ताेकियाे
- गाउँ सहर संवाददाता
- २१ चैत सोमबार, २०७८ | ११:५४:०० मा प्रकाशित

काठमाडाैं । भन्सार एजेन्टको विज्ञापनको एक वर्षपछि परीक्षा सञ्चालन हुने भएको छ । भन्सार विभागले सार्वजनिक सूचना जारी गरी आगामी १७ वैशाखका लागि लिखित परीक्षा तय गरेको छ ।
परीक्षा रोक्न माग गर्दै परेको रिट निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश १३ चैतमा दिएपछि परीक्षा हुने भएको हो ।
आरक्षण व्यवस्था नगरिएको भन्दै क्रिष्टिना थैवले भन्सार विभागविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् । थैवले भन्सार एजेन्ट सम्बन्धी सो विज्ञापनमा आरक्षण कोटा राख्नुपर्ने भन्दै मागदाबी गरेकी थिइन् ।
गत वर्ष १६ चैतमा भन्सार एजेन्ट इजाजत पत्रका लागि दरखास्त भएको थियो । भन्सार एजेन्टको परीक्षा सोही वर्षको २२ जेठ र २९ माघमा तोके पनि दुवै पटक स्थगित भएका थिए । यसअघि २८ फागुनमा परीक्षा तय भए पनि मुद्दाका कारण रोकिएको थियो ।
६६० पदका लागि साढे ९ हजारले आवेदन दिएको भन्सार विभागले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस